समकालिन नेपाली राजनितिक नेतृत्व मध्य सबैभन्दा भाग्यमानी मानिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ सालको आम निर्वाचन ताका गरेको एउटा भाषण निकै समय चर्चाको शिखरमा रह्यो । देउवाले आफुलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छ भनेर भनेको छ भनेर त्यसबेला देउवाले भन्दा उनलाइ धेरैले मजाकमा उडाए । देउवाका विरोधीहरुले मात्र नभई आफ्नै पार्टी भित्र समेत उनको कुरालाई मजाक मान्नेहरु धेरै थिए । तर संसदमा जम्मा ६३ सांसद संख्या रहेका देउवा गत असार २९ गते प्रधानमन्त्री भए र १६५ सांसदले उनलाइ विश्वासको मत समेत दिए । राजनितिमा विरलै यस्तो घटना हुन्छ । देउवा पाँचौ पटक प्रधानमन्त्री भए , उनको ज्योतिषको भविष्यवाणी सावित हुने बाटोमा छ । भलै ज्योतिषले गरेको भविष्यवाणीकै आधारमा देउवा प्रधानमन्त्री भएका होईनन् निवर्तमान प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम , अहंकार , दम्भ र घमण्ड देउवाको सत्तारोहणको कारक थियो । प्रधानमन्त्रीको रुपमा सिंहदरबार छिरेका देउवाका सामु अनेकौं चुनौतीहरु छन् जसलाई पार लगाएर उनले देशलाई एउटा सहि नेतृत्व प्रदान गर्नुपर्ने चुनौती त देउवाका सामु छन् नै विगतमा प्रधानमन्त्री भएका बेला बिग्रिएको छवीलाइ सुधारेर एक सक्षम प्रधानमन्त्री बन्ने अबसर पनि देउवा सामु छ । केहि चुनौतीहरु संगै प्रसस्तै अवसर पनि साथै लिएर अगाडी बढेका देउवाको सत्ता यात्रा भने त्यती सहज छैन । उनले धेरै कुरालाई सन्तुलनमा राखेर अघि बढ्नु त छदैछ आम मानिसका अपेक्षाहरुलाई पनि संबोधन गर्नुपर्ने छ । यो लेख मार्फत् पंक्तिकारले प्रधानमन्त्री देउवाका केहि चुनौती र अवसरहरुलाई संक्षेपमा प्रष्ट पार्ने प्रयास गरेको छ ।


गठबन्धनलाई जोगाईराख्ने चुनौती
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले संसदमा विश्वासको मत समेत पाइसकेका छन् । उनलाइृ १ सय ६५ जना सांसदले विश्वासको मत दिएका छन् । यस अर्थमा देउवा संग सुविधाजनक बहुमत भएको मान्न सकिन्छ तर जुन जगको अधार।मा सरकार निर्माण भएको त्यो भने त्यती बलियो छैन । काँग्रेस , नेकपा माओवादी केन्द्र , राष्ट्रीय जनमोर्चा , एमालेको माधब झलनाथ समुह र जसपाको उपेन्द्र यादव समुह मलेर यो सरकार बनेको छ । पछि जसपाको ठााकुर समुहले पनि देउवालाई विश्वासको मत दियो । देउवाको सामु सबैभन्दा ठुलो चुनौती भनेको यो गठबन्धनलाई जोगाई राख्नु हो । ओलीले संबिधानमाथी गरेको पटक पटकको आक्रमणलाई रोक्न भन्दै बनेको यो गठबन्धनको निरन्तरता सरकार संचालनका लागि पनि आवश्यक छ । देउवाले यो गठबन्धन जोगाउन नसके उनलाई कयौ अप्ठ्याराहरु झेल्नु पर्ने निश्चत छ । त्यसकारण पनि प्रभावकारी रुपमा सरकार संचालनका लागि गठबन्धनको निरन्तरता आवश्यक भएको हो । प्रधानमन्त्रीका सामु गठबन्धनलाई जोगाईराख्न पर्ने चुनौती छ । यसका लागि देउवाले गठबन्धनका नेताहरु संग निरन्तर संवाद अगाडी बढाउँदै चुनाव सम्मनै गठबन्धन कायम राख्ने गरि कार्ययोजना तय गर्न आबश्यक छ । यसको प्रयास स्वरुप उनले सत्तारुढ दलका नेताहरु सम्मिलत कार्यदल बनाएका छन् । त्यो सकारात्मक कुरा हो ।
आफ्नै पार्टीभित्रको सन्तुलन कायम
एमाले भित्रको अन्तर कलह ओली सरकार ढल्नुको एउटा प्रम्ख कारण हो । आफ्नै पार्टीका नेताहरुलाइ विश्वासमा लिन नसक्दा ५ बर्ष सरकार संचालन गर्ने तयारीका साथ बालुवाटार छिरेका ओलीलाई साढे तिन बर्षमानै बालकोट फर्कनु प¥यो । यसको प्रम्ख कारण भनेको तत्कालिन सत्तारुढ दल भित्रको अन्तरकलह नै थियो । एमालेको माधब नेपाल समुहकै प्रस्तावमा उनिहरुलेनै भोट दिएर देउवा प्रधानमन्त्री बने , ओली बालकोट फर्किए । त्यसकारण प्रधानमन्त्री देउवाका अघि आफ्नै पार्टीभित्रको शक्ती सन्तुलनलाइ कायम राखेर अघि बढ्नु अर्को चुनौती हो । आफु ईतर पक्षका पार्टीका नेताहरुलाई अपमान गर्दा ओलीले जुन नियती भोग्नु प¥यो त्यसबाट पाठ सिकेर अघि बढ्दानै देउवाको भलो हुन्छ । त्यसका लागि पाटीृभित्र निरन्तर संवाद आवश्यक छ , सरकार र पार्टी संचालनमा सबै नेताहरुले अपनत्व महसुस गर्न आवश्यक छ । यसका लागि देउवाले आजै बाट योजनाका साथ काम सुरु गरे उनि सफल हुनेछन् ।
आक्रमक प्रतिपक्षी
देउवाका लागि अर्को चुनौती भनेको आक्रमक प्रतिपक्षी हो । ओली पक्षले आफुहरु सरकार बिरुद्ध आक्रमक रुपले प्रस्तुत हुने संकेत दिईसकेका छन् । प्रतिपक्षीको निरन्तरको अबरोधले प्रधानमन्त्रीलाई सरकार संचालनमा बाधा पुग्न सक्छ । त्यसकारण आक्रमक प्रतिपक्षीबाट ओली पक्षलाइ रचनात्मक प्रतिपक्षी बनाउनु पर्ने चु्नौती देउवाका सामु छ । त्यसका लागि ओलीले झै पेलेर नै अघि बढ्ने निति देउवाले लिनुहुदैन । प्रतिपक्षलाइृ समेत विश्वासमा लिएर उनिहरुका कुरा पनि सुन्ने वानकिो विकास गर्न आवश्यक छ । त्यती गर्न सकियो भने प्रतिपक्षी जतिनै आक्रमक बन्न खेजेपनि रचनात्मक बन्न बाध्य हुन्छ ।
कोरोना महामारीको व्यवस्थापन र अर्थतन्त्र उकास्ने चुनौती
प्रधानमन्त्री देउवाले आफ्नो चितन प्राथमिकाता मध्ये पहिलो खोप , दोस्रो खोप र तेस्रो पनि खोप भएको बताएर आफु जनस्वास्थ्य प्रति गम्भिर रहेको र छिटै सबै नागरिकलाई खोपको व्यवस्था गर्ने संकेत गरेका छन् । यो राम्रो पक्ष हो । अहिले विश्वका अधिकाँश सरकारका लागि कोरोना महामारी रोकथाम , नियन्त्रण र जनताको ज्यान जोगाउने कामनै प्रम्ख चुनौतकिो बिषय हो । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसकारण देउवाका अघि तत्काल सबै नागरिकलाइृ खापको व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती हो । त्यसका लागि उनले तत्काल मित्रराष्ट्रहरु संग संवाद बढाएर देखिने गरि काम गर्न आवश्यक छ । अघिल्लो सरकारका प्रधानमन्त्रीको गफ मात्र गर्ने वानीले आजित भएका नेपालीले अबको प्रधानमन्त्रीबाट देखिने गरि, महसुस गर्ने गरि काम भएको हेर्न चाहान्छन् । देउवाले यो अपेक्षाको छिटो भन्दा छिटो संबोधन गर्न आवश्यक छ । कोरोना महामारीले अर्थतन्त्र थिलथिलो भएको छ । यसलाई उकास्ने गरि कार्ययोजना तय गर्नु आवश्यक छ । देशको अर्थतन्त्र बलियो भएमात्र विकास संभव हुने हो , त्यसकारण अहिलेको अबस्थामा नेपाली अर्थतन्त्रलाइृ उकास्ने गरि अल्पकालिन , मध्यमकालिन र दिर्घकालिन योजनाहरु बनाएर अघि बढ्न आवश्यक छ ।
सर्वमान्य नेता बन्ने अवसर
प्रधानमन्त्रीका रुपमा देउवाका अघिल्ला ४ कार्यकाल विवाद रहित थिएनन् । उनलाई एक पटक तत्कालिन राजा ज्ञानेन्द्रले असक्षम भनेर बर्खास्त गरेका थिए । त्यसकारण देउृवाको विगत त्यती प्रिय देखिएन । यो पटक फेरी अवसर आएको छ । अब सक्षम मात्र बन्ने हैन की सर्बमान्य नेता बन्ने अवसर देउवाका अघि छ । जसरी गिरिजा प्रसाद कोइरालाले आफ्नो जिवनको उत्तरार्धमा आएर जनअपेक्षा मुताविकका काम गरेर एक सबृमान्य नेताको रुपमा आफुलाइ स्थापित गरेका थिए , अब त्यो अवसर देउवाको अघि छ । पार्टी भन्दा माथी उठेर देशको सेवा गर्ने यो अवसरलाई देउवाले खेर फाल्नु हुदैन । यस्तो मौका जो कोहिले पाउँदैनन् यसलाई देउवाले चिन्न सक्नु पर्छ । आफ्नो गुमेको साखलाई फर्काउने देउवाका लागि सायद यो नै अन्तिम अवसर हो यसलाई उनले भरपुर उपयोग गर्नु पर्दछ ।
संबिधानमाथी ओली सरकारले पटक पटक आक्रमण गर्यो । अब संबिधानलाइ जोगाउँदै मुलुकमा शान्तिपुर्ण रुपमा तिनै तहको निर्वाचन गराउने दावित्व देउवा माथी थपिएको छ । देउवा भाग्यमानी नै हुन् , किनभने उनले पाँच पटक मुलुकको प्रधानमन्त्री हुने अवसर पाए । यस अघि गिरिजा प्रसाद कोईराला र सुर्यबहादुर थापाले मात्र यो अवसर पाएका थिए । उनले आफ्नो रेकर्ड कायम गरिसकेका छन् । कुनै पारिवारिक विरासतबाट नभई सामान्य परिवारबाट राजनितिमा आएर यो रेकर्ड कायम राख्न सक्नु चानचुने कुरा हैन । त्यसकारण देउवाले शानितपुर्ण निर्वाचन गराएर संबिधानको रक्षा गर्ने कामको नेतृत्व सफलतापुर्वक पुरा गर्नु पर्दछ । ४५ बर्षमा गृहमन्त्री र पहिलो पटक ५० बर्षको उमेरमा प्रधानमन्त्री बनेका देउवाले यस अघि सरकार र पार्टी राम्रो संग संचालन गर्न नसकेको आरोप पनि आउने गर्दछ । उनका विपक्षीहरु उनलाई भाग्यमानी तर असक्षम भनेर आलोचना गर्छन् । अब देउवाका सामु आफु सक्षम छु भनेर देखाउने बेला आएको छ । यसका लागि उनले विना स्वार्थ देश र जनताका हितमा काम गर्न आवश्यक छ । ताकि सबैले भनुन् ः“ देउवा भाग्यमानी हुन् , अव त सक्षम पनि भए । ”