- सागर पोख्रेल
२०७६ सालको मंसिर महिना देखी सुरु भएको कोरना भाइरसले विश्वभरी नै विस्तारै आफ्नो कब्जा जमाउन थाल्यो । बिस्तारै विश्वभर कोरना महामारीको हल्ला चली रहेको थियो । विश्वमा देखीएको कोरनाका भएले तत्कालिन नेपाल सरकारले एसइइ दिने विद्यार्थीको परीक्षा समेत स्थगन गरी चैत्र ६ गते देखी निषेधाज्ञा शुरु ग¥यो । सबै मानीसलाई घर भित्रै बस्न अनुरोध समेत ग¥यो । सरकारले अनुरोध त ग¥यो तर स्वास्थ्यकर्मी , संचारकर्मी भन्ने आफ्नो कर्तव्यबाट विमुख हुन पनी पाएन्न् र तिनका मनले समेत जिम्मेवारीबाट भाग्न पनी चाहेनन् ।
नेपालमा दिन प्रतिदिन कोरनाको कहर बढ्दै थियो आफुले पाएको जानकारी अनुसार स्वास्थ्य सर्तकता अपनाउदै म पनी आफ्नो जिम्मेवारी वहन गर्दै थिए । आम नागरीकलाई संचार मार्फत सुसुचित गराउने आफ्नो जिम्मेवारी बहन गर्दै थिए । सगै आफ्नो व्यावसायको आर्थिक कारोवार पनी मिलाउनु थियो । जस्तो सुकै अवस्था आएपनी बैक तथा वित्तिय संस्थाहरुले असार मसान्त (क्लोजीङ) मा व्याज र किस्ता बुझाउन ताकेता गर्दै थिए । लामो समयको लक डाउनले होला रेडियोमा कार्यरत कर्मचारीहरुले तलवको आश गरेको उनीहरुको मुहारमा देखीन्थ्यो तर भन्न सकिरहेका थियनन् । त्यस संकटको समयमा परेको समस्या बुझ्थ्ये अनी उनीहरुपनी आफ्नो काम गरी रहन्थ्ये ।
सरकारले पहिलो पटक फन्ट लाईनमा रहेर काम गर्ने र संक्रमणको संका लागेकाहरुको आरडिटी परीक्षण गर्ने व्यावस्था ल्यायो । पहिलो पटक तत्कालिन नवलपुरका नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट सहित ११ जनाले मध्यविन्दु जिल्ला अस्पताल आरडिटी परीक्षण गरीयो । परिणाम हामी चाहे अनुसार कै नेगेटिभ आयो ।
श्रावण महिनाको १५ गते पुन सरकारले फ्रन्टलाईनमा काम गरेका संचारकर्मीको लागी पि सि. आर. परीक्षण गर्ने भने सगै जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा पहिलो पटक श्रावण १७ गते नवलपुरका २५ जना क्रियासिल पत्रकारहरुको पि.सि.आर परिक्षण गरीयो सबै पत्रकार साथीहरुको रिपोट नेगेटिभ आयो ।
म संस्थापक ÷ निर्देशक रहेको रेडियो सामथ्र्यको ९ औ बार्षिककोत्सव श्रावण २६ गते परेको थियो । कोरना कहर सगै स्वास्थ्य सेवा केन्द्रहरुमा रगतको अभाव देखीयो भनेपछि रेडियो सामथ्र्यको ९ औं बार्षिकोत्सवमा रेडियोका अध्यक्ष भरत शर्मा पोख्रेल र म भएर रक्तदान गर्ने निधो गरीयो र रेडक्रस कार्यालय संगको समन्वयमा श्रावण २६ गते रक्तदान कार्यक्रम आयोजना गरीयो ।
मध्यविन्दु जिल्ला अस्पतालमा पालै सग पत्रकारहरुको पिसिआर परिक्षण चली नै रहेको थियो । श्रावण २३ गते महासघ अध्यक्षले दोस्रो लटमा पिसिआर परिक्षण गर्ने लिष्टमा हजुरको पनी नाम राखीएको छ २६ गते जिल्ला अस्पताल जानुहोला भन्नुभयो मैले हस् भने । तर म भने रेडियोको बार्षिकोत्सवमा कसरी धेरै व्लड संकलन गर्न सकिन्छ भनेर टेलीफोन र भेटघाट गरी रहेको थिए ।
श्रावण २५ गते रेडियोका अध्यक्ष भरत शर्मा पोख्रेल र म सगै रहेर दिन भर रक्तदाताहरुको लागि स्वास्थ्य शुरक्षा सामाग्री , खानपान र प्रमाण पत्रको तयारी गरीनै रह्यौ । दुई जना दिन भर सगै रहियो र पुर्व तयारीको सम्पुर्ण कार्य सम्पन्न गरीयो ।
श्रावण २६ गते विहान ८ बजे रेडियो सामथ्र्यको प्रङ्गणमा रक्तदान कार्यक्रमको शुरु गरे सगै सायरा मिडिया (सत्यकलम डट कम डिजिटल पत्रिका) का प्रवन्धक÷ अध्यक्ष मेरा मित्र रमेश बस्ताकोटी र म सगै मेरो आफ्नै सवारीमा मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण गर्न लागीयो ।
हामीहरुले पिसिआर परिक्षण गर्ने दिन सम्म नवलपुर जिल्लामा अन्य देशबाट आएका व्यक्तिहरुमा मात्र कोरना भाईरस (कोभिड(१९) पोटेटिभ देखीएको थियो । समुदायमा कसैलाई पनी देखीएको थिएन । सबै स्थानिय तहले विदेशबाट आएकालाई भिन्न क्वारेन्टाईन बनाएर राख्ने र तिनीहरुको पिसिआर रिपोट पोजेटिभ आए देवचुली , रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आइसलेशनमा पठाउने गरेका थिए । श्रावण २६ गते सम्म प्राय जसो सबै आइसलेशनहरु खाली जस्तै भएका थिए । जिल्ला भरीका संक्रमित राख्ने रजहरको प्राकृतिक चिकित्सालयको आइसलेशनमा समेत ४ जना मात्र बाँकी थिए ।
श्रावण २६ गते मध्यविन्दु जिल्ला अस्पतालमा करीव २१ जना संचारकर्मीले पिसिआर परिक्षण गरीयो । स्थानिय सरकार, जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला प्रशासन र नेपाल सरकारले पिसिआर परिक्षण गरेका व्याक्तिहरु रिपोट नआउदा सम्म कसै सग भेटधाट गर्न हुदैन भने सगै म पनी रेडियोको वार्षिकउत्सवको रक्तदान कार्यक्रम सम्पन्न गर्न रेडियोका अन्य सहकर्मीहरुलाई जिम्मा लगाएर म घरमै बसी रहे ।
त्यतिखेर पिसिआर परिक्षण गर्न पोखरा लैजान पथ्यो , अहिले जस्तो मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण हुदैनथ्यो । पिसिआरको रिपोट छिटो आउदा २ दिनमा नत्र ५÷७ दिन पनी लाग्ने गर्दथ्यो । नलागोस पनी कसरी गण्डकी प्रदेश भरीको पिसिआर प्रदेश मुकामै गर्नुपर्ने वाध्यता थियो ।
श्रावण २८ गते हाम्रो पिसिआर रिपोर्ट साझ सम्म आउछ भन्ने खवर आएको थियो । मनमा कतै डर कतै खुल्दुली भईरहेको थियो किनकी त्यतिखेर सम्म समुदायमा कसैलाई पनी कोरना पोजेटिभ देखीएको थिएन ।
करीव दिउसो ३÷४ बजेको समय हुदो होला पत्रकारको फेसबुकमा खासखुस मेसेज गर्नथाल्ये तर म एड भएको गुरुपमा भने केही खवर आउदैनथ्यो । मनमा चिसो पस्न थाल्यो, म अझ त्रसित बन्न पुगे । त्यतिकैमा जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत मेरी भतिजीको फोन आयो .....
अंकल कता हुनुहुन्छ ? बाहिर कतै त जानुभएको छैननी ?
मैले कही गएको छैन , रिपोट नआउदा सम्म घर बाहिर निस्कन हुदैन भनेर घरमै छु बरु रिपोट कतिखेर आउछ भने ।
उनलै आउदै छ अंकल, पिसिआर चेक गरेको मान्छे रिपोट नआउदा सम्म घरमै रहन पर्छ भनिन् र ल अंकल घरै बस्नु है भन्दै फोनबाट बिदा भईन ।
उता अन्य पत्रकार साथीहलाई भने रिपोर्टको जानकारी भईसकेको रैछ । तर मलाइ भने कसैले भन्ने आट गरेन्न । साथीहरुको मेसेन्जरमा गफ भई रहने तर म संग नहुनु र विरलै आउने भतिजीको फोन आएपछि मैले दाउन्ने साप्ताहिकका प्रकाशक रामकुमार श्रेष्ठलाई मन चोर्न प¥यो भनेर फोन गरे र भने मेरो रिपोट पोजेटिभ आएको रैछ है भने ।
उसले त्यसै भन्छन सबैको नेगेटिभ तिम्रो पोजेटिभ भन्ने आयो मलाई अनुसन्धानमा काम गर्ने साथीले भनेको । तर फाईनल हैन रे भन्दै छन् भने ।
फेरी उनले थपे आफु त कावासोती २ मा पो हो नी बस्ने त , त्यसो भए तिम्रो हैन भन्यो ।
मैले पिसिआर परिक्षणमा मेरो स्थायी ठेगाना कावासोती १७ नै लेखेको छु ।
उसले त्यसो भए त तिम्रो रिपोर्ट पोजेटिभ आएछ ।
छाँगाबाट खसे झै भए , दिउँसोको ४ बजे मेरा आखाले पुरै अध्यारो देख्यो चक्कर लागे जस्तो भयो तर मैले आफुलाइ सम्हाले किनकी म सगै मेरो परीवार (श्रीमती रिङ्कु देवी पोख्रेल। छोरी गरीमा र छोरा गौरव) सगै थिए ।
मैले मेरो घर परिवारलाई विस्तारै सम्झाउन थालें र भने , दम, निमोनिया , ज्वरो , रुघा लागेका लाई मात्र हैन मेरो जस्ता तन्दुरुस्त शरीरमा पनी कोरना पोजेटिभ देखीन्छ रे नी त ।
विस्तारै केही कुरा उनीहरुलाई सम्झाउदै गए पछि मैले आफु कोरना भाइरस ( कोभिड–१९) संक्रमित भएको बताए ।
तर, मेरो छोरी यो कुरा मान्न तयारै भईन्न ।
झन मेरो घाँटीलाइ अंगालोले बाँधेर मजाक नगर्नुन भन्न थालिन् ।
मैले उनलाइ सम्झाउदै मेरो कपडा तयार पारीदिन भने किनकी कोरना संक्रमित बस्ने जिल्लाको आइसलेशन प्राकृतिक चिकित्सालय थियो ।
मैले आफु संक्रमित भएको खवर रेडियोका अध्यक्ष , दाजु भरत शर्मा पोख्रेललाइृ जानकारी गराए । उहाँले हिम्मत गर्न आग्रह गर्दै सामाजीक संजालमा पोष्ट गर्न भन्नुभयो ।
अनी पनि उक्त कुरा राम्रो लाग्यो र कोरना संक्रमित भएर सामजीक संजालमा पोष्ट गर्ने र नवलपुर जिल्लामा समुदाय स्तरको पहिलो कोरना संक्रमित भए ।
(लेखकःसामथ्र्य साप्ताहिकका प्रकाशक एवम् रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक÷संस्थापक हुन)