कम्युनिस्ट एकताको नाममा भएका अप्राकृतिक गठबन्धन र सौदावाजीको परिणाम मुलुकमा झण्डै दुई तिहाई वहुमत नजिकको सरकार वन्यो । सरकारको नेतृत्व तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भयो । इतिहासमा नै सवै भन्दा सुविधाजनक वहुमतको सरकार वने पछि जनता संग राजनीतिक स्थायित्व, शान्ति, सम्वृद्दि र विकासका अपेक्षाहरु थिए तर नेकपाको ओली सरकारले प्रारम्भ देखि नै सर्वसत्तावादको अभ्यास गर्न थाल्यो ।सरकार नै भ्रष्टहरुको संरक्षक वन्यो । देशमा हत्या,हिंसा, वलात्कार र कुशासन वढ्दै गयो । विधिको उल्लंघन र संवैधानिक अतिक्रमणका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली माथि नै गम्भीर प्रहार हुन पुग्यो । जनताको प्रतिनिधि मुलक संस्था प्रतिनिधि सभा पटक पटक विघटन गर्ने र मुलुकलाई अनिश्चय र अस्थिरताको वाटोमा धकेल्ने प्रयासहरु निरन्तर भई नै रहे ।शासनको वाघडोर समाल्नेहरुको सम्राटी शैली,अहम र गैरजिम्मेवार पूर्ण व्यवहारका कारण जनतामा घोर निराशा छायो । शान्ति,विकास र सम्वृद्दिको जनअपेक्षा क्षय हुदै गयो।शिक्षा,स्वास्थ्य र सुरक्षा जस्ता मानवीय आधारभूत तत्ववाट सरकार पछि हट्दै गयो । वर्तमानको कोरोना भाइरसको महामारी नियंत्रण तथा जनस्वास्थ सुरक्षामा सरकार पूर्णत असफल सावित भयो । नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्व र सत्ता प्राप्तिको छिनाझम्टीले मुलुक भित्र वाह्य शक्तिहरुको चलखेल मुलुकले धान्नै नसक्ने भयो ।असम्लग्न परराष्ट्र नीति सैद्धांतिक आधार मात्र भयो । हाम्रा भनाई र गराईको फरकपनले दीर्घकाल सम्म असर गर्ने संकेतहरु देखा परेका छन। यी यावत समस्याहरुका वावजुत पनि मुलुक र जनताको भरोसाको केन्द्र फेरी पनि नेपाली कांग्रेस नै वनेको छ ।
जव जव मुलुकमा गम्भीर संकट देखा पर्छ त्यतिवेला नेपाली कांग्रेसले नै मुलुकलाई संकट मुक्त पारेको छ ।यद्यपि नेपाली कांग्रेसले जनता प्रतिको सवै दायित्व पुरा गरेको छ भन्ने पनि होईन । विशेष गरी शासकीय क्षमता प्रदर्शन र निम्न वर्गीय समाजको आर्थिक उन्नतिको सवालमा कांग्रेस चुकेकै हो ।तथापि यसको चिन्तन, आदर्श र लोकतन्त्र प्रतिको निष्ठाका कारण नेपाली कांग्रेस प्रति जनताको विश्वास र भरोसा जिवितै छ । जनतालाई सार्वभौम सम्पन्न वनाउने र सिंहदरवारको अधिकार गाउं गाउं सम्म पुर्याउने राजनीतिक अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेको छ।तर पनि हामी जनताका सामु कमजोर वन्न पुग्यौ, जन अभिमतवाट टाढा रहन गयौ । यो हाम्रा लागि खोजीको विषय वन्न पुगेको छ । यी यावत परिस्थितिका वावजुद नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । विभिन्न खाले अनिश्चितताका रहदै गर्दा पनि महाधिवेशन मिति घोषणा गरे संगै विस्तारै देशभर अधिवेशनको माहोल वन्दै गएको छ । यो अधिवेशन केवल नेतृत्व परिवर्तनमा मात्र सिमित रहयो र नीति तथा विधिका पक्षमा रहन सकेन भने अव हामीलाई इतिहासले क्षमा दिने छैन ।अत: लोकतान्त्रिक पद्धतिको संरक्षण र जनताका अपेक्षाहरुको संवोधनका लागि नेपाली कांग्रेसको १४ औ महाधिवेशन मुख्य रूपमा निम्न विषयमा केन्द्रित हुन जरुरी छ ।
१)राष्ट्रीय रुपमा पार्टीको गति, एकता र समन्वयलाई प्रभावकारी वनाउने र एकापसको सम्मान र हार्दिककता सुदृढ गर्दै व्यवहारिक र भावनात्मक एकताको जगमा वलियो र विश्वासीलो कांग्रेस निर्माणको आधारशिला निर्माण गर्न ।
२)वर्तमान सरकारको अकर्मण्यता र कुशासनका कारण जनतामा छाएको निराशा,असन्तुष्टि र वितृष्णाका वावजुद शान्ति, स्थायित्व र विकासको सम्वाहकको रुपमा नेपाली कांग्रेसलाई पुन परिभाषित गर्दै मुलुकको संवृद्धिको मार्ग चित्र प्रस्तुत गर्न ।
३)नेपाली कांग्रेसको समाजवादी अर्थ नीतिलाई देश,काल र प्रविधि सुहाउदो साधनको रुपमा व्याख्या गरी जनताका सरोकारका विषय वस्तुहरुलाई उठान गर्ने र त्यसको कार्यान्वयनको प्रतिवद्दता सहितको अल्पकालीन,मध्यकालीन र दीर्घकालीन रणनीतिक योजनाहरु तर्जुमा गर्न ।
४)मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ । राजनीतिलाई व्यावसाय संग जोड्ने प्रयत्नका कारण र भ्रष्ट आचरण र प्रवृत्ति वढ्दै गएको छ ।त्यसका विरुद्ध स्वेयत पत्र जारी गरी पार्टी र यसका कार्यकर्ताहरुमा लोकतान्त्रलाई जीवन पद्धति संग जोड्न छ ।
५)समाजमा वढ्दो हत्या, हिंसा र सामाजिक भेदभावलाई समूल नष्ट गर्न जनचेतना अभिवृद्धि गर्दै सम्मान,सुरक्षा र सशक्तिकरणको नीति, योजना र कार्यान्वयनको सन्देश सम्प्रेषण गर्न ।
६)रोजगारी र उच्च शिक्षा अध्ययनको शिलशिलामा वर्षेनि दशौ लाख श्रमशील जनशक्ति विदेशिएका छन् ।५० लाख भन्दा वढी जनशक्ति विदेशिनुले मुलुक व्रेन-ड्रेनको समस्याले आक्रान्त छ । यस्ता श्रमशील जनशक्तिलाई स्वदेश फर्काई उनिहरूलाई विकास निर्माण र उत्पादनको क्षेत्रमा लगाउन सकियो भने मुलुकको संमृद्दिको यात्राले गति लिन सक्छ । विविध कारणले विदेशिन वाध्य नेपालीहरु मताधिकार वाट वन्चित छन।एउटै भूगोलका नागरिकहरुको आफ्नो प्रतिनिधि चुन्ने अधिकार हनन भएको अवस्था मननीय छ । उनिहरूको मताधिकार सम्मान गर्दै तत्सम्वन्धि प्रवन्ध गर्न ।
७)नेतृत्वको आर्थिक अनुशासन, आचरण र व्यवहारले स्वयं नेतृत्व र पार्टी प्रति जनविश्वास बढाउँछ।लोकतन्त्रलाई आवरणको रुपमा मात्रै नराखी जीवन पद्धति संग समेत संयोजन गर्नका लागि नितिगत रुपमै पार्टीको आर्थिक पक्ष मजबुत बनाउँदै, पार्टी संचालनको क्रममा हुने हरेक आर्थिक गतिविधिहरुलाई संस्थागत एंब पारदर्शी बनाउने नीति अवलम्बन गर्न ।
८) राजनैतिक अवसरहरुको न्यायोचित वितरण समानताका आधारमा गरिनु पर्दछ ।व्यक्तिको निष्ठा, निरन्तरता, क्षमता, योग्यता, योगदान र सक्षमता जस्ता कुराहरुको आधारमा प्राकृतिक तथा न्यायोचित रुपमा अवसरको वाडफाड गर्दा पार्टी सदस्यहरुमा आशा,भरोसा र विश्वासको वातावरण वन्न जान्छ ।
९)राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले सामाजिक सरोकारका विषय वस्तुहरु संग प्रत्यक्ष सम्वन्ध स्थापित गर्नु पर्दछ । नेपाली कांग्रेसले वाटो घाटो, पुल पुलेसा निर्माण, वातावरण संरक्षण र पर्यावरणीय सन्तुलनका लागि कार्यकर्ताहरुलाई प्रेरित गरी राजनीतिलाई दिगो विकासको लक्ष्य संग जोड्दै सामाजिक समावेशीकरणको मुद्दालाई जनताका वीचमा स्थापित गराउन ।
१०)जव सम्म पार्टीको जीवनमा आन्तरिक लोकतन्त्रको प्रत्याभूति हुदैन तव सम्म यसका संरचना र क्रियाकलापहरुले गतिशीलता हासिल गर्न सक्दैन । अतः आन्तरिक लोकतन्त्रलाई मजवुत वनाई युवाहरुलाई पार्टी प्रति आकर्षण गर्न नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनको व्यवस्था गर्न ।
११)गाउं नै गांउले भरिएको हाम्रो मुलुक दिन प्रतिदिन उजाड जस्तै वन्दै गएको छ । शिक्षा, स्वास्थ्य र रोजगारको अपर्याप्तताका कारण मानिसहरु शहर उन्मुख हुनाले शहरी क्षेत्रमा अव्यवस्थित वसोवास र वातावरणीय प्रदुषण वढ्दो छ । वढ्दो जनघनत्व र अव्यवस्थित शहरीकरणले चिकित्सा क्षेत्रलाई समेत चुनौती थपिएको छ । त्यसैलै पूर्वाधारहरुको विकास गरी शहरका मानिसहरुलाई गांउ फर्कुं फर्कुं वनाउने दीर्घकालीन लक्ष्यका साथ योजनाहरु निर्माण गर्न ।