आजको सम्पादकीय : साईबर सुरक्षा मजबुत पारौं
प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर एकाउन्ट शनिबार एकाएक ह्याक भयो । उनको एकाउन्ट बाट भारतीय काङ्ग्रेसकि नेता सोनिया गान्धीको एउटा बिबादास्पद ट्विट रिट्विट भयो । यसले नेपालमा मात्र होइन , बिश्व जगतमानै एकछिन खैलाबैला मच्चियो ।
पछि थाहा भयो प्रधानमन्त्रीको एकाउन्ट ह्याक भएको रहेछ । अहिले यस बारेमा छानबिन भइरहेको छ । केही समय पहिला नेपालका विभिन्न मन्त्रालयका वेबसाईट हरु ह्याकरहरुको नियन्त्रणमा गयो । त्यसबाट उनिहरुले विभिन्न डाटाहरु चोर्ने प्रयास गरे । पछि त्यसलाई अनेक उपाय लगाएर बल्ल बल्ल नियन्त्रणमा लिईयो ।
केही महिना अघिको मात्र कुरा हो , एन आई सी एशिया बैंकको खाता बाट एकाएक करोडौं रकम गायब भयो । केहि अन्तर्राष्ट्रिय ह्याकरहरुले यो काम गरेका थिए । पछि अनेकौ उपाए लगाएर केही रकम फिर्ता गरियो । चिनियाँ ह्याकरहरुको एक समुहले बैंकको एटिएम बाट लाखौ लुटेको त केही समय अघि मात्र हो ।
यसका अलावा ब्यक्तिगत रुपमा कयौं गोप्य कुराहरु ईन्टरनेटको माध्यम बाट चोरिएको त दिनहुुँ सुनिन्छ । दिनहुुँ जसो साईबर अपराध सेलमा उजुरीहरु परिरहेका हुन्छ्न् । यि माथिका प्रतिनिधि घटनाहरु मात्र हुन् तर यस्ता कयौ अपराधहरु नेपालमा भइरहेको छ जसको सर्बसाधारणले भेउ सम्म पाएका छैनन् ।
यसको प्रष्ट एउटै सन्देश छ त्यो हो नेपालको साईबर सुरक्षा अत्यन्त जोखिममा छ । यति जोखिममा छ कि बिना कुनै झन्झट ह्याकरहरुले नेपालका सरकारी देखि ब्यक्तिगत डाटाहरु सजिलै चोर्न सक्छन् । यसले भबिश्यमा ठूलो संकट निम्त्याउने कुरामा दुईमत छैन ।
यस प्रती समन्धित निकाएहरु अझैपनि गम्भीर नहुनु अचम्मित हुने बिषय हो । बिज्ञहरुले नेपालको साईबर सुरक्षा जोखिममा छ भनेर बारम्बार भनिरहेका छ्न् तर पनि सरकारले यसमा चासो दिएको छैन । भोलिका दिनमा आउने संकट रोक्न आजै बाट तयारी गर्न आबश्यक छ । यदि तयारी नथाल्ने हो भने नेपाल ठूलो साईबर जोखिममा पर्ने निश्चित छ ।
यो कामका लागि आफ्नै देशका जनशक्ति र बाहिरका जनशक्ति समेतको प्रयोग गर्दै उच्च साईबर सुरक्षा सतर्कता अपनाउन आबश्यक छ । सरकारले साईबर सुरक्षालाई प्राथमिकतामा पारेको देखिदैन जबकि यो अत्यन्त संबेदनशिल बिषय बनिसक्यो । त्यसकारण यसका लागी प्रयाप्त बजेट बिनियोजन गरेर सरकारले अब काम थाल्नु पर्छ । होईन भने भोलि आउने संकटलाई टार्न कसैले सक्दैन । बेलैमा सोच्दा राम्रो ।