Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, बैशाख ४, २०७८ ०७:१७:४८ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
अपराध
  • Home
  • अपराध
  • वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन
वालिका हत्याका आरोपितलाई कारवाही गर्न माग गर्दै प्रहरी कार्यालय अघि प्रदर्शन
स्थानीयको प्रर्दशन पछि आरोपित प्रहरी नियन्त्रणमा
64x64
शनिवार, फाल्गुन १५, २०७७ सत्यकलम संवाददाता

नवलपुर : नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ४ हसौरामा एक बालिकाको हत्यामा संलग्न भएको भन्दै उनिहरुलाई कारावाहीको माग गर्दे शनिवार स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

कावासोती नगरपालिका वडा –४ हसौरा बस्ने सरस्वती भण्डारीले आफ्नो ६ महिने छोरीको हत्यामा संलग्न भएको भन्दै आफ्ना ससुरा , श्रीमान् , सासु र अमाजुको बिरुद्धमा किटानी जाहेरी दिएकी थिईन् । गत सोमबार किटानी जाहेरी दिएपनि हाल सम्म आरोपितलाइ पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी नबढाएको भन्दै आक्रोशित स्थानीयले शनिवार प्रर्दशन गरेका हुन् । स्थानीयले प्रर्दशन गरेपछि मात्र प्रहरीले तिन जनालाइ नियन्त्रणमा लिएकोे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका हरुमा भण्डारीका श्रीमान् गणेश भण्डारी , ससुरा रेशमराज भण्डारी र सासु गितामाया भण्डारी रहेका छन् ।


६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्यागरेको भनि बालिकाकी आमाले जाहेरी दिएपछी आरोपितलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए । । जाहेरीका आधारमा घटनामा संलग्न भनिएका व्यक्तीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको गिरिको भनाई छ ।


यही फागुन ६ गते राति सो वालिकाको मृत्यु भएको थियो । पिडित सरस्वती भण्डारी र स्थानीयले वालिकाको स्वभाविक मृत्यु भएको नभई उनको हत्या गरिएको दावी गरेका छन् । भण्डारीका दाई दुर्गा सिग्देलले वालिकालाइ षड्यन्त्र पुर्वक बिष खुवाएर हत्या गरिएको आरोप लगाए । उनले भने,“प्रहरीले दुई दिन सम्म जाहेरी लिन पनि मानेन , घटना भएको दिन बच्चालाइ आमा संग अलग गरेर ससुराले लिएर सुतेका थिए , बच्चाको आमाले बिहान मात्र आफ्नो छोरीको मृत्यु भएको थाहा पाएकी थिईन् ।” उनले घरमा बिभिन्न पुजाको बहानामा जडीबुटीको औषधी बनाएर बनाएर खुवाएको र खुवाउन साथ बालिकाले वान्ता गरेको बताए ।
वालिकाकी आमाले आफुले आफ्नो छोरीको मृत्यु भएको बिहान मात्र थाहा पाएको बताईन् । पुजा गरिसकेपछि देउता रिसाउने बहाना बनाई छोरीलाइ आफु संग अलग बनाएर ससुराले लिएर सुतेको उनले बताईन् ।


स्थानियले प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रर्दशन गरेका हुन् । उनिहरुले घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कारवाहीको माग गरेका छन् ।


पिडित सरस्वतीका पति गणेशका मामा पुर्णप्रसाद डुम्रेले पनि घटना रहस्यमय रहेको बताए । स्थानीय संगै प्रर्दशनमा आएका उनले पनि वालिकाको हत्यानै भएको दावी गरे । उनले भने,“धेरै कारणले यो नियोजित हत्या हो भन्ने लाग्छ , प्रहरीले अझै पक्राउ नगरेको भए म आफै उनिहरुलाई प्रहरीमा ल्याएर बुझाउने तयारीमा थिए । ”


यस अघि जेठमा पिडित सरस्वतीले जिल्ला प्रहरी कार्यालयमा आफु घरेलु हिंसाको शिकार भएको भन्दै उजुरी दिएकी थिईन् । तर प्रहरीले त्यसमा चासो नदिएको उनको आरोप छ । “ त्यती बेलानै कारावही भएको भए अहिले यो घटना घट्थेन , अहिले मेरो काख रित्तो हुने थिएन ।” उनले भनिन् । उनले आफु निरन्तर घरेलु हिंसाको शिकार भएको बताईन् । प्रहरी उपरिक्षक गिरिले घटनाको बिभिन्न कोणबाट अनुसन्धान हुने बताए ।


प्रकाशित मिति: शनिवार, फाल्गुन १५, २०७७, ०४:३५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘युरेनियम’ धनीको बयान : युरेनियम भन्ने थाहा थिएन, हातले झिकेर स्याम्पल दिएँ
बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे
भागरथी बलात्कार र हत्या प्रकरण : भारत भाग्न लागेको अवस्थामा एक संदिग्ध महेन्द्रनगरबाट पक्राउ
भागरथी हत्या प्रकरणको अनुसन्धान अझै अलमलमा
नयाँ कलम
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै सोमवार, चैत्र ३०, २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति सोमवार, चैत्र ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने सोमवार, चैत्र ३०, २०७७
नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए आइतवार, चैत्र ८, २०७७
शिक्षा/स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #विश्वकप क्रिकेट लिग–२
  • #नेविसंघ विवाद
  • #रंगशालामा महायज्ञ
  • #नवलपुरको नमुना सदरमुकाम
  • #प्रजातन्त्र दिवस बिशेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago