सायरा मिडिया एण्ड ईभेण्टस् प्रालि संचार क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तीहरुद्धारा स्थापित कम्पनी हो । मिडियाको क्षेत्रमा केही नौलो गर्ने योजनाका साथ स्थापित यस कम्पनीले गुणस्तरीय रुपमा ग्राहकको चाहाना बमोजिमका अडियो तथा भिडियो बिज्ञापनहरु उत्पादन , बिज्ञापन एजेन्सीको रुपमा बिज्ञापन वितरण र व्यवस्थापन , बृतचित्र निर्माण र प्रर्दशनी , रेडियो , पत्रपत्रिका , टेलिभिजन र अनलाईन संचार माध्ययमको स्थापना र संचालन , साना , मझौला तथा बृहद् तवरका ईभेण्ट व्यवस्थापन ,अडियो भिडियो सम्बन्धी अन्य कामहरु र मिडिया सम्बन्धी अन्य कामहरु हामी अल्पकालिन र दिर्घकारलिन रुपमा योजना बनाएर गर्ने तयारी गरिरहेको छ ।
डेढ दशक भन्दा बढी समय देखि निरन्तर संचारको क्षेत्रमा कार्य गरिरहनुभएका एक अनुभवी र स्थापित पत्रकार श्री रमेश बस्ताकोटीको अगुवाईमा स्थापित यस कम्पनीले आगामी दिनहरुमा मिडियाको क्षेत्रमा नया नया प्रयोग गर्ने गरि आफ्नो कार्ययोजना बनाएर अघि बढीरहेको छ । सत्यकलम डिजिटल पत्रिका ः सायरा मिडिया एण्ड ईभेण्टस् प्रालिले आफ्नो पहिलो परियोजनाको रुपमा सत्यकलम डिजिटल पत्रिका संचालन गरेको हो ।
प्रविधिका कारण अहिले बिश्व एउटै गाउ जस्तो बनिरहेको बर्तमान अबस्थामा डिजिटल पत्रकारितानै अबको भविष्य हो भन्ने उदेश्यका साथ हामीले सत्यकलम डिजिटल पत्रिका शुरुवात गरेका हौ । सत्यकलम डिजिटल पत्रिका एक स्वतन्त्र , निष्पक्ष सन्तुलित अनलाईन संचार माध्ययम बनाउने कुरामा हामी प्रतिबद्ध छौ ।
सत्य तथ्य खबर जति सक्दो छिटो आमजनमानसमा पु¥याउन सत्यकलम मार्फत् हामी निरन्तर लागिरहनेछौ । असत्य माथी सत्यले सधै विजय प्राप्त गरेको हुन्छ , हामी अब सत्य खबर लिएर सत्य कलम मार्फत् तपाई बिच आएका छौ ।
सत्य तथ्य र निष्पक्ष समाचारका लागि , तुरुन्तै खबर र सत्य खबरका लागि हाम्रो कलम सधै सत्य रुपमा अघि बढ्नेछ । असत्यलाई निमिट्यान्न पार्दै सत्यको पक्षमा अब हाम्रो पत्रकारिता केन्द्रित हुनेछ । सत्य खबर लिएर हामी सत्य कलम मार्फत् तपाई माझ आएका छौ यसलाई सबैको प्रिय बनाउन हामी कुनै कसर बाकी राख्ने छैनौ । हामी सत्य कुरा भन्छौं , सत्य कुरा सुन्छौ र सत्य कुरा लेख्छौं ।